साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नयाँ  वर्षको उपलक्ष्यमा प्राज्ञिक विद्यार्थी परिषद्ले गर्‍यो  रचनात्मक कार्य

काठमाडौँ । परिषद्ले देशभर रहेको ५० वटा भन्दाबढी नगर इकाई  तथा क्याम्पसहरूमा दीप प्रज्वलन, सांस्कृतिक कार्यक्रम , प्रतिभा प्रस्फुटन लगायत एक दर्जन भन्दाबढी कार्यक्रमहरू गरेको हो ।

देशको प्रमुख नगर तथा क्याम्पस र विश्वविद्यालयहरू कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय, चितवनको विरेन्द्र बहुमुखी क्याम्पस, दाङ , पोखराको पृथ्वीनारायण क्याम्पस, धनगढी, अत्तरिया, डडेलधुरा, विराटनगरलगायतको क्षेत्रहरुमा रचनात्मक कार्यक्रमहरु  संचालन  गरेको परिषद्का राष्ट्रिय सचिव नारायण तिमल्सिनाजिले जानकारी दिनु भयो ।  प्रााज्ञिक विद्यार्थी परिषद्ले आफ्नो स्थापना कालदेखि नै नव बर्षको समयमा विभिन्न किसिमका कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

त्यस सँगै   शिक्षा क्षेत्रमा दलीय राजनीति भन्दा माथि रहेर काम गर्दे आइरहेको विद्यार्थी परिषद्ले युवा विद्यार्थीहरूमाझ नेपाली मौलिक धर्म , कला संस्कृतिको संरक्षण गर्न  जोड दिँदै आइरहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १ : ०२ बजे