दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बैशाख ६ र ७ बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै

काठमाडौँ । बैशाख ६ र ७ गते देशभर ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने कार्यक्रम रहेको छ  
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी दिएको छ । सोही दिन ६ देखि २३ महिनासम्मका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा दिइने पनि महाशाखाले जनाएको छ । 

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ए कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण कार्यक्रम हुँदै आएको छ ।

वर्षमा २ पटक हुने यस कार्यक्रमअन्तर्गत २७ लाख बालबालिकाले भिटामिन ए क्याप्सुल पाउनेछन् । साथै ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि  खुवाइँदै आएको छ । भिटामिन ए कार्यक्रममा देशभरका करिव ५२ हजार स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन् । 

६ महिनादेखि ५ वर्ष उमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ए खुवाउन सुरु गरिएको हो । बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १२ : ५३ बजे