राष्ट्रपति भवनमा घटस्थापना

आजको पात्रो

आज मिति २०७९ वैशाख १ गते बिहीबार (ई.सं.२०२२ अप्रिल १४ तारिख)
काठमाडौँमा सूर्योदय बिहान ५ः४३ बजे र सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ ।
नववर्ष प्रारम्भ

आजदेखि नयाँ वर्ष २०७९ प्रारम्भ भयो । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने समय भएकाले वैशाख १ गतेलाई मेष सङ्क्रान्ति/वैशाख सङ्क्रान्ति भनिन्छ । 

हाम्रो देश नेपालमा यस दिनलाई  नववर्षको रूपमा भव्य तरिकाले मनाउने गरिन्छ । वर्षको पहिलो दिन, पहिलो महिनाको पनि पहिलो दिन । 

वैशाख महिना ऋतुराज वसन्तले ओतप्रोत भई प्रत्येक वृक्षमा नयाँ पालुवा पलाई हरियालीले आनन्दमय हुने भएकाले यसलाई समग्र जीव सृष्टिपश्चात् समृद्धि, उन्नति एवं शान्तिको मार्गमा अग्रसर हुने जीवनको यथार्थ दर्शनलाई अभिव्यक्त गर्दछ ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस: बिस्का जात्रा । महावीर जयन्ती ।

आजको दिन शुभ रहोस् ! चक्रपथ डटकम (https://www.chakrapath.com) हेर्दै गर्नुहोला ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ७ : ०४ बजे