राप्रपा नेपालका अध्यक्ष कमल थापा एमाले पार्टी कार्यालयमा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा केहीबेरअघि नेकपा एमालेको पार्टी कार्यालय थापाथली पुग्नुभएको छ ।

स्थानीय तह निर्वाचन मिति नजिकिरहँदा थापाको एमाले पार्टी कार्याल भ्रमणलाई चासोका साथ हेरिएको छ । थापा नेतृत्वको राप्रपा नेपाल एमालेको सूर्य चिन्हमा चुनाव लड्न तयार छ । यस विषयमा सहमति जुटाउन र चुनावी तालमेलका लागि उहाँ एमाले पार्टी कार्यालय जानुभएको हुन सक्ने आशंका गरिएको छ ।

पार्टी कार्यालयमा थापाले एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतसँग भेट गर्नुहुनेछ ।

राप्रपा महाधिवेशनमा पराजित भएपछि थापाले आफ्नो नेतृत्वमा राप्रपा नेपाल ब्युँताउनुभएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ०७ बजे