काभ्रेको रोशीबाट पूर्व जनमुक्ति सेनाका सेक्सन सह कमाण्डर सहित दर्जनौ एमाले प्रवेश 

रोशी । रोशी गाउँपालिका ९ का दर्जनौँ माओवादी र काग्रेंस कार्यकर्ताहरू एमाले प्रवेश गरेका छन् । रोशी गाउँपालिका वडा नं. थाक्लेका नेकपा माओवादी केन्द्रका पूर्व जनमुक्ति 

सेनाका सेक्सन सह कमाण्डर राम बहादुर तामाङ सहित  दर्जनौँ कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । 

यसैगरी सोही वडाबाट नेपाली काङ्ग्रेस क्रियाशील सदस्यहरू विजय लामा, कान्छामान लामा, हिराकाजी लामासहित नेपाली काङ्ग्रेस सिङ्गो थाक्ले टोल कमिटीका दुवै सभापति सहितको नेतृत्व नै नेकपा एमालेमा समाहित भएको छ। 

एमाले प्रवेश गर्नेहरूमा हिराकाजी लामा , कमल तामाङ, शुनिल तामाङ, हिलालाल तामाङ, तेर्साङ तामाङ,धनध्वोज तामाङ, राज लामा, बुद्ध लामा, विजय तामाङ, कान्छामान तामाङ, विपिन वाइबा, विकास लामा, बुद्ध लामा, रोहित तामाङ, भिमशेन तामाङ, सोचन तामाङ, दिलबहादुर तामाङ, प्रकाश तामाङ, विमान तामाङ, मिन्टु तामाङ, घेसाङ तामाङ, रामबहादुर तामाङ, रोशन लामा, विष्णु लामा लगायत छन् । 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ०२ बजे