यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

भारतमा आगलागी : अर्घाखाँचीका १४ वर्षीय बालकको मृत्यु,  अन्य पाँच नेपाली घाइते

अर्घाखाँची । भारतको हरियाणा हिसारमा भएको आगलागीमा अर्घाखाँचीका एक १४ वर्षीय बालकको ज्यान गएको छ ।

हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको ज्यान गएको हो । 

मुखियासहित १० जना नेपाली मजदुरहरूले काम गर्दै आएको चाट भण्डारमा मङ्गलवार बिहान करिब ५ बजे विद्युत् सर्ट भई आगो लाग्दा सोही पसलमा दुई महिनादेखि काम गर्दै आएका मुखियाको ज्यान गएको छ भने अन्य पाँच नेपाली सामान्य घाइते भएका छन् । 

आगलागीका कारण अन्य कामदार बाहिर निस्कन सफल भएको भए पनि बालक मुखिया बाहिर निस्कन नसकेपछि जलेर ज्यान गएको त्यहाँबाट स्थानीय नारायण न्यौपानेले जानकारी दिनुभयो । 

मृतक मुखियाका बुवा हिमबहादुर मुखिया पनि भारतमा मजदुरी गर्दै आउनुभएको छ  ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : ४४ बजे