यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक पक्राउ

सर्लाही । खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा बागमती नगरपालिका– ८ बस्ने १९ वर्षीय अमृत परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–८ बस्ने ४२ वर्षीय चन्देश्वर महतोलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा परियारलाई गएराति प्रहरीले पक्राउ गरेको हो । 

अमृतले पुरानो रिसिइबिको कारण खुकुरी प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घाइते भएका चन्देश्वरको वीरगञ्ज न्युरो सर्लाहीमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : ३१ बजे