पर्सा । प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
रौतहट फतुवा विजयपुर नगरपालिका–१० का लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका–१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको उक्त मोटरसाइकल चोरेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरका २० वर्षका ऋषि पासवान र १९ वर्षका सहिम मिया अन्सारीलाई पक्राउ गरेको हो ।
मोटरसाइकल चोरी गरी भाग्दै गरेका उनीहरुलाई प्रहरीले चोरी गरेको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार ५ : ०० बजे
प्रतिक्रिया