सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

खेलकुद विकास समितिको अध्यक्षमा थापा नियुक्त

भक्तपुर / खेलकुद विकास परिषद् बागमती प्रदेशले भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दीपक थापालाई मनोनयन गरेको छ ।

यसअघि अध्यक्ष नियुक्त हुनुभएका श्रीभक्त कासिछ्वालाई हटाएर सूर्य विनायक नगरपालिका–५ कटुञ्जे निवासी थापालाई अध्यक्ष पदमा मनोनयन गरेको हो ।

उहाँलाई प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा १२ को उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली २०७६ को नियम ३ को उपनियम (१) मा व्यवस्था भएबमोजिम मनोनयन गरेको परिषद्ले जनाएको छ ।

थापालाई दुई वर्षका लागि मनोनयन गरिएको परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ४ : ५९ बजे