काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ ।
आयोगको सोमबारको निर्णय अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई भरतपुरको जिम्मा दिइएको हो ।
भरतपुर नगरपालिकामा माओवादी केन्द्रकी पुत्री रेणुका दाहाल फेरी उठ्ने चर्चा चलिरहेका बेला निर्वाचन अधिकृत फेरिनुलाई धेरैले चासोका साथ हेरेका छन् ।
यसअघिको स्थानीय निर्वाचनको मतगढानामा रेणुदाहालको कम भतभार देखिनलागेपछि अन्तिम समयमा माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेका थिए । सो प्रकरणमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले नै सहयोगी भूमिका खेलेको भन्दै एमालेले न्यायपरिषदमा उजुरी दिएको थियो ।
भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत हेरफेरप्रति धेरैको चासो भए पनि आयोगले भने यसलाई सामान्य भनेको छ । यसअघि पनि आयोगले ७१ जना मुख्य निर्वाचन अधिकृतहरू हेरफेर गरेको थियो ।
हेरफेर गरिएका मध्ये रावल चितवन जिल्ला अदालतको मुख्य न्यायाधीश हुनुहुन्छ। न्यायपरिषदको सिफारिसमा आयोगले मुख्य न्यायाधीश नियुक्ति गर्ने गर्दछ ।
प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार २ : ५४ बजे
प्रतिक्रिया