हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

मुगु / मुगुमा नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । छायानाथ रारा नगरपालिका-३ कि २३ वर्षका देवकी भामलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलवार उद्धार गरिएको हो । 

उनलाई सेनाकाे  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत रिफर गरिएकाे स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले जानकारी दिनु भयो । अनुसार स्वास्थ्य सेवा कार्यालय मुगु ठिनीमा सुविधा सम्पन्न आईसीयु नहुनु र विशेषज्ञ चिकित्सककाे अभावमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको सक्रियतामा म‌ंगलबार भामलाई उद्धार गरी सुर्खेत रिफर गरिएको गौतमले जानकारी दिनु भयो । 

उनका अनुसार सुत्केरी भामलाई बी नेगेटिभ रगत आवश्यक परेको हुँदा कतै पनि नभेटिएकाले सुर्खेतमा रिफर गरिएको हाे । अहिले सुत्केरी भामको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिनु भयो ।

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १२ : ३३ बजे