भक्तपुरमा मोटरसाइकल दुर्घटना, चार महिनाकी छोरीको मृत्यु

काठमाडौं / साँगाबाट जगातीतर्फ आउँदै  गरेको मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । 

मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।

उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ । 

बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा। इवामुरा अस्पतालमा उपचार भइ रशेको छ। 
 
 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : १५ बजे