साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पहिलो महिला मुख्यमन्त्री शाक्यको पुस्तक ‘संघर्षशील योद्धाहरू’ विमोचन

काठमाडौँ / एमाले उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यकोपुस्तक‘संघर्षशील योद्धाहरू’ मङ्गलवार विमोचन हुँदै छ । एमालेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे काठमाडौँको कालीमाटी बैंक्वेटमा पुस्तक विमोचन गर्दै हुनु हुन्छ । 

पुस्तकमा ३० जना योद्धाहरूको जीवनी समेटिएका छन् । पुस्तकमा जन पक्षीय सांसद भएर संसद्बाट पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाउने सांसदहरू पद्मरत्न तुलाधर, सोमनाथ अधिकारी ‘प्यासी’, जागृत भेटवाल र द्रोणप्रसाद आचार्यको जीवनी समेटिएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा चर्चित रहेको ‘पिस्कर काण्ड’ मा सहिद भएका जगत बस्नेत, जगत बोहरा, छत्रबहादुर बोहरासहित चार जनाको जीवन पनि पुस्तकमा समेटिएको छ । 

चर्चित ‘नख्खु जेल ब्रेक’ घटनाका योजनाकार पूर्व सांसद स्वर्गीय वीरबहादुर लामा, गोपाल शाक्य र ठुलो कान्छा लामाको पनि जीवन पुस्तकमा रहेको लेखक शाक्यले बताउनु भयाे । शाक्य पहिलो महिला मुख्यमन्त्री हुनु हुन्छ  ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १० : ४२ बजे