सर्लाहीका मेयरसहित मधेसवादी नेताहरू एमाले प्रवेश गर्दै, एक लाख जनता उतार्ने तयारी

​​​​​​​सर्लाही । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मधेस आन्दोलनपछि पहिलो पटक सर्लाही सदरमुकाम मलंगवा जानुहुने भएको छ । 

मधेसवादी दलबाटै निर्वाचित मेयर र अन्य नेताहरूलाई पार्टी प्रवेश गराउन ओली वैशाख ३ गते मलंगवा जान लाग्नुभएको हो । 

मलंगवामा एमालेले एक लाख जनसहभागितामा वृहत् आमसभाको तयारी गरिरहेको छ । सोही कार्यक्रममा जिल्लाको कविलासी नगरपालिकाका मेयर कौशलकुमार यादव र अन्य नगर तथा गाउँपालिकाका जनप्रतिनिधिहरू एमाले प्रवेश गर्ने कार्यक्रम छ । 

यादव २०७४ सालको निर्वाचनमा राजपाबाट मेयर निर्वाचित हुनुभएको थियो त्यतिबेला एमाले एमाले तेस्रो स्थानमा सीमित थियो ।

हाल जसपाबाट एमाले प्रवेश गर्न लाग्नुभएका यादव तत्कालीन मधेसी जनअधिकार फोरमको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो  ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : २४ बजे