एमालेद्वारा ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिस 

अछाम । नेकपा एमाले ढकारी गाउँपालिका कमिटीले आगामी स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षका  उम्मेदवार सर्वसम्मत चयन गरेको छ । 

कमिटीको भेलाले एमाले अछामका पुराना नेता धर्मबहादुर शाहीलाई अध्यक्ष र युवा नेतृ एमाले जिल्ला सदस्य मायादेवी बुढालाई उपाध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेर माथिल्लो कमिटीमा पठाएको हो ।

पालिका अध्यक्ष अमर सिंह बुढाको अध्यक्षतामा भएको बैठकमा उम्मेदवार छनौटका लागि गाउँपालिका सङ्गठन कमिटी सचिव नहकुल साउदले राखेको प्रस्ताव भेलाले सर्वसम्मत अनुमोदन गरेको थियो ।

भेलामा ढकारी गाउँपालिका अन्तर्गतका ८ मध्ये ३ वटा वडामा वडा अध्यक्षका उम्मेदवार पनि सर्वसम्मत चयन गरेको छ ।

पालिकाको वडा नम्बर ३ बाट धनबहादुर बुढा, वडा नम्बर ४ बाट नैनसिंह बुढा र वडा नम्बर ८ बाट दीपेन्द्र खडकालाई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस  गरिएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : ११ बजे