पोखरीमा डुबेर बालकको मृत्यु

राजविराज / सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको आज मृत्यु भएको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवको आठ वर्षका छोरा देवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टि रहेको सार्वजानिक पोखरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो ।

यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ८ : ५८ बजे