सरकारमा बसेकाहरू ज्वाइँ, सम्धी, भाइ, सालो नियुक्तमा लागेका छन् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बसेकाहरू ज्वाइँ, सम्धी, भाइ, सालो नियुक्तमा लागेका बताउनुभएको छ ।  बझाङमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले परिवारवादमा लागेको बताउनुभएको हो । 

उहाँले जनताका समस्यामा सरकार कानमा तेल हालेर सारा षड्यन्त्र गरिरहेको बताउनुभयो । ‘सरकार कानमा तेल हालेर सारा षड्यन्त्र गरिरहेको छ । ज्वाइँ नियुक्त गर, सम्धी नियुक्त गर, भाइ नियुक्त गर, अर्को नियुक्त गर, सालो नियुक्त गर भतिजो नियुक्त गर, यसैमा लागेका छन् सरकारमा बसेकाहरू,’ उहाँले भन्नुभयो । 

उहाँले सरकारले चुनाव भाँड्ने र स्थानीय तह रिक्त बनाउने षड्यन्त्र गरिरहेको बताउनुभयो ।  ‘चुनाव रोक्ने कोसिस धेरैपल्ट गरिसक्यो, हामीले विरोध गरेर समयमै, समयमै त अझ फागुनमा गर्नुपर्थ्यो कानुनअनुसार, संविधानअनुसार, कानुन परिवर्तन गरेर, संसद् अन्त्य गरेर, अध्यादेश ल्याएर नक्कली कानुन ल्याएर चुनाव नगराउन खोजेको छ,’ उहाँले भन्नुभयो । 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ५७ बजे