दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप २२ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार १४४ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या  नौ लाख ७८ हजार ५९३ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५० रहेको छ ।  पछिल्लो समय थप ४६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७४  पुगेको छ । यो दर ९८ दशमलव ७ प्रतिशत  रहेको पनि मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म  मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ  । त्यसैगरी पछिल्लो समय १५ हजार ३५५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५३६ रहेको छ ।

अहिले होम आइसोलेशनमा ५४४  रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा २४ आइसीयुमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् । 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ५६ बजे