बझाङको चैनपुरमा ओली पुग्दा उर्लियो मानव सागर (तस्बिरसहित)

बझाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  बझाङको सदरमुकाम चैनपुर आइपुग्दा जनसागर उर्लिएको छ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली आज कांग्रेस र माओवादीका प्रभावशाली नेताहरुलाई एमाले प्रवेश गराउन आयोजित जनसभालाई सम्बोधन गर्न  बझाङ आउनु भएको हो ।

अनेरास्ववियूका पूर्वअध्यक्ष एवं एमाले केन्द्रीय सदस्य ऐन महरको गृहजिल्ला बझाङमा आज एमालेले विशाल जनसभा गरेको हो । सभामा कलाकारहरुले परमादेशको गठबन्धन फालौं, यसपाली त सूर्यमै भोट हालौं भन्दै गीत गाएपछि एमाले अध्यक्ष ओली छमछमी नाच्नु भएको थियो ।

बझाङमा ठूलो संख्यामा पार्टी प्रवेश गराउन अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र जनसंगठन समन्वय संयन्त्रका संयोजकसमेत रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकालसहितका नेताहरुलाई लिएर आज आउनु भएको हो । न्विाचनमा केन्द्रीत भएको एमालेको आजको जनसभासँगै बझाङ पनि एमालेमय भएको पुष्टि भएको छ । 

​​​​​​​

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ४ : ११ बजे