माछापुच्छ्रे गाउँपालिकामा एमालेका उम्मेदवार सिफारिस, चार वडा सर्वसम्मत

पोखरा । नेकपा एमालेले स्थानीय निर्वाचनका लागि वडामा उम्मेदवारको सिफारिस सुरु गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाकाे चार वडामा एमालेले साेमबार सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेकाे छ ।

वडा नम्बर १ मा अनुप गुरुङ, वडा नम्बर २ मा केशकुमारी गुरुङ, वडा नम्बर ७ मा अम्बर गुरुङ र वडा नम्बर ८ मा कृष्ण दवाडीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । सबैको सिफारिस सर्वसम्मत रुपमा गरेकाे एमालेले जनाएको छ ।

बाँकी वडाहरूमा सर्वसम्मत हुन नसकेका कारण केही ढिला भएको छ । वडाध्यक्षमा निर्विरोध सिफारिस भएका अनुप र अम्बर नयाँ अनुहार हुन् भने दुई जना अहिलेकै जनप्रतिनिधि हुन् । वडा नम्बर २ मा अहिलेको महिला सदस्यलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

वडा नम्बर ८ बाट सिफारिस भएका दवाडी अहिले पनि वडाध्यक्ष छन् । बाँकी उम्मेदवारको टुंगो पनि आजै लगाउने दवाडीले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : २५ बजे