‘एउटै नाउरको सिकार गर्न २३ लाख’

साढे चार सय युवाले पाए रोजगारी

लमजुङ । यहाँ प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४४३ युवाले रोजगारी पाएका छन् ।

मस्र्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङ्ख्यामा युवाले रोजगारी पाएका हुन् । 

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् । यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको सङ्ख्या हेर्दा दुई हजार ३०० रहेकामध्ये एक हजार ३६३ पुरुष र ९३७ महिला  रहेका छन् । तीमध्ये उक्त सङ्ख्याले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ ।

ती रोजगारी पाएका युवाले पालिकाका विभिन्न स्थानमा बाटो बनाउने,  सिँढी बनाउने, नयाँ बाटो खोल्ने, नाली निर्माण गर्ने, मोटरबाटो सोलिङ, बाटो सफा गर्ने लगायतका काम गरिरहेका छन् । 

प्रतिव्यक्ति रु ५७७ का दरले दैनिक पारिश्रमिक पाइने उक्त पालिकाका रोजगार उहाँको भनाइ छ । यस कार्यक्रमका लागि कूल बजेट रु दुई करोड ८० लाख २० हजार रहेको पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको र यसले गाउँ विकासका साथै युवाले रोजगारी पाउँदा उनीहरुलाई थप सहज भएको बताउनुभयो । रासस

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : १० बजे