जैन समुदायले भगवान् महावीर जन्म जयन्ती भव्यताको साथ मनाउँदै

काठमाडौं । जैन धर्मका प्रर्वतक तथा भगवान महावीरको २६२१ औ जन्म जयन्ति काठमाडौंमा भव्यताको साथ मनाइने भएको छ । नेपाल जैन परिषद्को आयोजनामा यही बैसाख १ गते बिबिध कार्यक्रम आयोजना हुने भएको हो । अहिंसा र सदमार्गको पथलाई पछ्याउदै जैन धर्मलम्बिहरुले यस जन्मजयन्तिलाइ पर्वको रुपमा मनाउदै आएका छन् । 

२६२१ बर्ष अघि जन्मिनु भएका भगवान महावीरले साढे १२ वर्षसम्मको निरन्तर साधना गरि जनमानसमा ज्ञानको ज्योती फैलाउनु भएको थियो । चैत्र शुक्ल त्रयोदशिको दिन मनाउदै आएको यस जन्मजयन्तीलाई  हर्षोैउल्लासको साथ मनाउन हरेक वर्ष देश तथा बिदेशका बिशिष्ट व्यक्तिहरुको उपस्थिति रहने गरेको छ । विश्वभर छरिएर रहेका जैन समुदायले यस दिनलाइ ठूलो चाडको रुपमा र अहिंसा दिवसको रुपमा मनाउने गर्दछन् । 

यस पटकको भववान महावीर स्वामीको २६२१ औ जन्मजयन्तिमा राजधानिमा रहेको नेपाल जैन परिषद्को निमन्त्रणामा देश तथा बिदेश बाट जैन धर्मका बिद्धान तथा अनुयायीको उपस्थिति रहने कार्यक्रम संयोजक सुमित जैनले बताउनु भयो । नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र कुमार जैन भटेराको अध्यक्षतामा बैसाख १ गते शोभायात्रा र अर्चना सभा आयोजना हुने भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : १९ बजे