सुनको मूल्यमा नयाँ कीर्तिमान

पाँच लाख घुससहित मालपोतका प्रमुख पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । 

आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसबापत सेवाग्राहीसँग लिएको रु पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो । 

गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उहाँमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिबासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।  

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : १० बजे