ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बनियानी । झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा गए राति ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । 

पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ न। को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा मोटरसाइकल बजगाईँ गम्भीर घाइते भएका थिए । घाइते उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा  भएको थियो 

मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ४१ बजे