सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ः०० बजेपछि बस्ने बैठकमा काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुङ्गो लगाउने बताइको छ । 

स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले भागबन्डाको भने टुङ्गो लगाइसकेको छैन ।

 

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ३६ बजे