सुनको मूल्यमा नयाँ कीर्तिमान

कारले ठक्कर दिँदा नेपालगञ्जमा तीन जना पैदलयात्रीको मृत्यु

राँझा । नेपालगञ्जको बिपी चोक नजिक गए राति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । 

प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र  अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई त्यहीँ कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याएका थिए । १५ मिनेटपछि नै उनीहरूलाई अस्पतालले मृत घोषणा गरेको थियो । 

प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ८ : ३६ बजे