जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज बझाङ जानुहुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बझाङ जाँदै हुनुहुन्छ ।

सुदूरपश्चिम पहाडको बझाङमा आयोजना हुने जनसभालाई सम्बोधन र हजारौँ मानिसहरूलाई एमालेमा प्रवेश गराउन त्यसतर्फ जान लाग्नुभएको हो ।

बझाङस्थित चैनपुरमा आज यहाँ आयोजना हुने विशाल जनसभालाई अध्यक्ष ओली र उपाध्यक्ष विष्णु प्रसाद पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिनुभयो । इतिहासमै बझाङमा ठुलो र महत्त्वपूर्ण आमसभा गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार करिब दुई हजार जना विभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम छ । 

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ७ : ५३ बजे