दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा गौतम

काठमाडौँ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपालको नयाँ नेतृत्वमा डा.झलक शर्मा गौतम निर्वाचित हुनुभएको छ । 

आइतबार सम्पन्न सङ्घको चौथौँ राष्ट्रिय महाधिवेशनले डा.गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति चयन गरेको हो ।

सङ्घको महासचिवमा डा सन्तोष पौडेल तथा चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह निर्वाचित हुनुभएको छ । 

उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत चयन हुनुभएको छ । महाधिवेशन यही चैत २५ गतेदेखि काठमाडौँमा भएको थियो । 

सङ्घमा १२ हजार स्वास्थ्यकर्मी आबद्ध रहेका छन् । 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ७ : २९ बजे