सुनको मूल्यमा नयाँ कीर्तिमान

अवैध लागु औषधसहित पक्राउ

वीरेन्द्रनगर । प्रहरीले  ३ सय ६० मिलिग्राम अवैध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । 

वीरेन्द्रनगर नगरपालिका–१० कुन्टीटोलबाट बराहताल गाउँपालिका–२ बस्ने २३ वर्षीय लक्ष्मण दर्लामी मगर लगायत ६ जनालाई  पक्राउ गरिएको  प्रहरीले जनाएको छ । 

उक्त स्थानमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट लाटिकोईली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ३ : ५० बजे