सुनको मूल्य फेरि एक लाख नाघ्यो

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख ३ सय रुपैयाँ कायम भएको छ । यसअघि, गत साताको अन्तिम दिन शुक्रवार सुन तोलाको ९९ हजार ५ सय कारोबार भएको थियो । 

आइतबार तेजाबी सुनको मूल्य तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। शुक्रवार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : १३ बजे