‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रधानमन्त्रीको हौंसलासँगै नेपालले जित्यो त्रिदेशीय फुटबलको उपाधि

काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । दशरथ रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा बंगलादेशलाई २– १ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो । खेलाडीलाई हौसला दिन प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुग्नुभएको थियो  । खेलाडीले गोल गर्दा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै हौसला दिनुभएको थियो ।

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ४९ बजे