एमालेका तीन पूर्व अर्थमन्त्रीले मुलुकको आर्थिक अवस्थाबारे पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेकपा एमालेका तीन जना पूर्व अर्थमन्त्रीहरुले मुलुकको आर्थिक अवस्थाबारे सामूहिक पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।

पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा.युवराज खतिवडाले आज दिउँसो साढे १२ः३० बजे होटल हिमालय, कुपण्डोलमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

सरकारले मुलुकको आर्थिक अवस्था चरम स्थितिबाट गुज्रिरहेका बेला गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि पूर्व अर्थमन्त्रीहरूले आफ्नो धारणा प्रस्तुत गर्न लाग्नुभएको हो । 

पत्रकार सम्मेलनमा उहाँहरूले मुलुकको आर्थिक अवस्थाका बारेमा आफ्नो पार्टीको धारणा समेत सार्वजनिक गर्नुहुने छ । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. दिनेशचन्द्र देवकोटा र पुष्प कँडेलको पनि​​​​​​​ पत्रकार सम्मेलनमा सहभागिता रहने उपप्रमुख रिजालले जानकारी दिनुभयो ।  

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : ३५ बजे