सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रिय महिला बिच भलिबलको उपाधि पुलिस क्लबलाई

​​​​​​​पाल्पा । तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । 

फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।

पुलिसले लुम्बिनीलाई २१–८ र २१–१७ ले पराजित गर्यो । नेपाल पुलिसकी कमला पुन र मनीषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो । 

उपाधिसँगै पुलिसले रु एक लाख र उपविजेता लुम्बिनीले रु ५० हजार नगद प्राप्त गरेका छन् । सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय टोली पुलिस, एपिएफ र सात प्रदेशका टोली सहभागी थिए । 

प्रतियोगिताको समापनका अवसरमा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा चिरञ्जीवी नेपालले रानीमहल महिला बिच भलिबलको गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो“रानीमहल परिसरलाई महिला बिच भलिबलका रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ ।” 

सो अवसरमा पूर्व गभर्नर नेपाल, सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्के, नायक धिरेन शाक्यलगायतले जिल्लाका दुई राष्ट्रिय खेलाडीलाई सम्मान गर्नुभएको थियो । रासस

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : ०७ बजे