काठमाडौँ । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय सम्मेलन आज हुँदै छ ।
राष्ट्रिय सभा गृहमा आज बिहान ११ः०० बजे सम्मेलनको उद्घाटन हुने भएको हो । सम्मेलनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ ।
अध्यक्ष ओली शनिवार पर्वत र बागलुङमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जानुभएको थियो ।
उहाँ सङ्गठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आजै काठमाडौँ फर्कँदै हुनुहुन्छ । अध्यक्ष ओली मौसम प्रतिकूलताका कारण शनिवार बागलुङको कार्यक्रमबाट काठमाडौँ आउन सक्नुभएको थिएन ।
प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार १० : १४ बजे
प्रतिक्रिया