गोदावरी नगरपालिकामा मेयरका एमालेका लागि ८ जना नाम सिफारिस

ललितपुर । स्थानीय निर्वाचनका लागि ललितपुरको गोदावरी नगर कमिटीले ८ जना मेयर र ६ जना उपमेयरको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

नगर कमिटी अध्यक्ष प्रभाकर थापाका अनुसार सिफारिस हुनेमा प्रदेश सांसद समेत रहनुभएका चेतनाथ सञ्जेल, गोदावरी सह इन्चार्ज गम्भीर राना, गोदावरी इन्चार्ज ब्रह्मानन्द श्रेष्ठ, प्रदेश कमिटी सदस्य मिठाराम केसी, जिल्ला कमिटी सदस्य चरसुन्दर महर्जन, प्रदेश कमिटी सदस्य रघुनाथ महर्जन, पार्टी नगर कमिटी अध्यक्ष प्रभाकर थापा तथा स्थानीय नेता चित्रराज तिमल्सिना रहनुभएको छ।

उपमेयरका लागि भने ८ जनाको नाम सिफारिस भएको छ । 

उपमेयरको सिफारिस हुनेहरूमा अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष अन्नपूर्ण बस्नेत, जिल्ला कमिटी सदस्य प्रेमदेवी देशार, अनेमसंघकी गोदावरी अध्यक्ष गौरी अधिकारी केसी, अनेमसंघ नगर कमिटी उपाध्यक्ष सबिना महर्जन, नगर कमिटी सहसचिव रमी प्रधानाङ्ग र नगर सचिवालय सदस्य सङ्गीता नापित हुनुहुन्छ ।

नगर कमिटी अध्यक्ष थापाले जिल्ला कमिटीले नाम छाँटकाँट गरेर प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले उम्मेदवार उठाउने बताउनुभयो । वैशाखको पहिलो हप्तासम्म उम्मेदवार छनौट गर्ने योजना भएको पनि उहाँले जानकारी दिनुभयो

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : २९ बजे