साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भुवन केसीले फिर्ता लिए उम्मेद्वारी

काठमाडौं । नायक भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयरका लागि घोषणा गरेको उम्मेद्वारी फिर्ता गरेका छन्।

स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले केसीलाई मेयरको उम्मेदवारको रुपमा घोषणा गरेको थियो।
केसीले  एक साता नबित्दै आफ्नो फेसबुकमार्फत् आफू अहिले उम्मदेवार बन्न असमर्थ रहेको बताएका हुन् ।  उनले आफू प्राविधिक तथा कार्यव्यस्तताका कारण उम्मेदवार बन्न असमर्थ रहेको फेसबुकमा उल्लेख गरेका छन् । 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ३ : ०२ बजे