माओवादीका तीनजना केन्द्रीय नेता पार्टीबाट निष्कासित

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले पार्टीका तीनजना केन्द्रीय स्तरका नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

पार्टीका पोलिटब्यूरो सदस्य नगेन्द्र राई, केन्द्रीय सदस्यहरु निलबहादुर पुन र कुमार बोगटीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको महासचिव मोहन बैद्यले जानकारी दिनुभएको छ ।  

उनीहरुले फुटपरस्त गतिविधि गरेको आरोप छ। अरु पार्टीमा प्रवेश गर्न पार्टीभित्र बोर्गेनिङ गरेको र केन्द्रीय कार्यालयको सम्पर्कमा समेत नआएको कारण उनीहरुलाई पार्टीबाट निस्कासन गरिएको वैद्यले बताउनुभएको छ । 
 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  २ : ४५ बजे