बागमती प्रदेशले बढायो सार्वजनिक यातायातको भाडा, वैशाख १ गतेबाट लागु हुने

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ। 

बागमती प्रदेश प्रदेश सरकारले आगामी वैशाख १ गतेदेखि उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । 

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले काठमाडौँ उपत्यकामा पाँच किलोमिटर सम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको जनाएको छ ।

नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ।

बाग्मती सरकारले जारी एक सूचनामा भनिएको छ : २०७९ /१/ १ देखि लागू हुने गरी बागमती प्रदेश भित्र  सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर देहाय अनुसार हुने गरी यस मन्त्रालयको २४ (माननीय मन्त्रीस्तर) को निर्णयअनुसार समायोजन गरिएको छ।

​​​​​​​

 

 

 

 

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १० : ५६ बजे