दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

जाजरकोटमा टाइफाइड विरुद्धको खोप दुई चरणमा लगाइने

जाजरकोट । जाजरकोटमा टाइफाइड विरुद्धको खोप दुई चरणमा लगाइने भएको छ ।  

पहिलो चरणमा आजदेखि वैशाख ४ गतेसम्म भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएको छ । 

दोस्रो चरणमा आइतबारबाट वैशाख ९ गतेसम्म नलगाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिका खोप अभियान चल्नेछ ।

शुक्रवार कुदुबाट टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ गरिएको थियो । भगवती माविमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलले खोप अभियानको शुभारम्भ गर्नुभएको थियो ।

सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप अभियानमा समेट्ने लक्ष्य लिएको छ । 

जाजरकोटका सात पालिकाका उक्त उमेर समूहका ७६ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी भएको कार्यालय प्रमुख कँडेलले बताउनुभयो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : १० बजे