अर्थमन्त्रीकाे पाेल खाेलेका गभर्नर निलम्बित

काठमाडौं / अर्थ मन्त्री जनार्दन शर्माले अमेरिकाबाट स्रोत नखुलेकाे रकम भित्र्याउन गरेकाे चलखेलकाे पाेल खुलेपछि राष्ट्र बैंकका गभर्नरलाई सरकारले निलम्बन गरेकाे छ ।

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेकाे हाे । सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।

गर्भनरले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने विषयमा पनि छलफल भएको थियो । 

मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ९ : ०० बजे