मोरङमा पनि भाँडियो  सत्ता गठबन्धन 

विराटनगर । मोरङमा सत्ता गठबन्धनको तालमेल भाँडिएको छ । केन्द्रमा सत्ता गठबन्धनले चुनावी तालमेलको पक्षमा अपिल जारी गर्ने निर्णय भएका बेला मोरङमा भने गठबन्धन भाडिँने तहमा पुगेको हो । नेपाली कांग्रेसले कतिपय स्थानीय तहमा एक्लै चुनाव लड्ने बताएपछि चुनाबी तालमेलको केन्द्रको निर्णय धरापमा परेको हो ।
कांग्रेसले बिराटनगर महानगरपालिकासहित सुनबर्षी गाउँपालिकामा एक्लै चुनावमा जाने निर्णय गरिसकेको छ । कांग्रेसले एमालेले जितेका स्थानीय तह पथरी शनिश्चरे, बेलबारी नगरसहित कानेपोखरी गाउँपालिका, ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा मात्र गठबन्ध दलसंग चुनाबी तालमेल गर्ने प्रस्ताव अघि सारेको छ। 

२०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेसले बिराटनगर महानगरसहित उर्लाबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरपालिकासहित कटहरी, केराबारी, धनपालथान गाउँपालिका जितेको थियो। बुढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वमा रहेको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो।

गच्छदारको दल कांग्रेसमा समाहित भएपछि अहिले मोरङमा १० स्थानीय तह कांग्रेसको नेतृत्वमा छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बुले बिराटनगरसहित केही स्थानीय तहमा चुनावी तालमेल आवश्यक नरेका भन्दै कांग्रेस एक्लै चुनावमा जाने बताइउकेका छन् । । 

कांग्रेसले बिराटनगरसहितका केही स्थानीय तहमा एक्लै चुनाव लड्ने निर्णय गरेपछि गठबन्धनभित्रका अन्य सहयात्री दलले कांग्रेसले नमाने बाँकी गठबन्धन दलको चुनावी तालमेलका लागि छलफल शुरु गरेका छन् । यसबारे बिराटनगरको स्टनस्टार होटलमा तीन दलको बैठक बसेकाे  छ । नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी र एकीकृत समाजबादी पार्टीले छुट्टै छलफल सुरु गरेका हुन् । ।छलफलमा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, नेकपा माओवादी केन्द्रका संघीय सांसद शिवकुमार मण्डल र जसपाका केन्द्रीय नेता तथा प्रदेश स्वास्थ्य मन्त्री जयराम यादव तथा ती दलका जिल्ला अध्यक्षहरु सहभागी थिए ।
 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : ३५ बजे