‘नेशनल डे कन्सर्ट’ सम्पन्न

त्रिदेशीय फुटबल – बंगलादेशविरुद्ध नेपाललाई २– ० को अग्रता

काठमाडौं । त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ ।

दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदासम्म नेपालले २–० को अग्रता लिएको हो । नेपालका लागि खेलको १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले समान १–१ गोल गरे । नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित प्रतियोगितामा नेपालका लागि सञ्जोगले गरेको यो पहिलो गोल हो । समूह चरणमा बंगलादेश र किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको नेपाल गोल नै नगरी फाइनलमा  पुगेको हो ।

खेलाडीलाई हौसला दिन प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुग्नुभएको थियो  । खेलाडीले गोल गर्दा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै हौसला दिनुभएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ३६ बजे