स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजियो : अध्यक्ष ओली

काठमाडौं ।  एमालेका  अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजिएको आरोप लगाउनुभएको छ  ।

काठमाडौंमा शुक्रबार एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने गिरोहले सरकारलाई थर्काउने गरेको आरोप लउनुभएको हो   । 

‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु एकदमै सक्रिय छन् । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने छन्,’ उहाले भन्नुभयो  ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ, मोडल अस्पताल बनाउँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? एक जनाले नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् ।’ 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ५० बजे