सुनको मूल्यमा नयाँ कीर्तिमान

तनहुँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु   

तनहुँ ।  व्यास नगरपालिका–१२ देउरालीमा लु.७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६२ वर्षीय नन्द गोपाल कार्की छन् । उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौली हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ३२ बजे