कांग्रेस क्षेत्रीय सदस्य लक्ष्मण खड्का एमाले प्रवेश

काठमाडाैं । नेपाली कांग्रेसका क्षेत्रीय सदस्य तथा अधिवेशन प्रदेश प्रतिनिधि लक्ष्मण खड्का नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ ।

खड्कालाई एमाले सचिव एवं सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गर्नुभयाे । स्वागत कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवं कैलाली इञ्चार्ज नारदमुनी राना,एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठक,केन्द्रीय निर्वाचन विभाग सदस्य रणबहादुर चन्द लगायत जिल्लाका अन्य नेता सहभागी हुनुभएकाे थियाे ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : ५८ बजे