भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी पुनः निर्वाचित

बर्दिया। नेकपा एमाले सम्वद्ध नेपाल भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी पुनः निर्वाचित भएकी छन् ।

बिहीबार र शुक्रबार बर्दियाको गुलरियामा सम्पन्न संगठनको अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष निर्वाचित भएपछि चौधरीले भूमिहीन सुकुम्बासी र गरिब जनताको हक अधिकारका लागि अनब्रत लडी रहने प्रतिबद्धता जनाएकी छन् ।

प्रतिनिधि सभामा नेकपा एमाले संसदीय दलकी सचेतक समेत रहेकी चौधरी सुकुम्बासी पृष्ठभूमिबाट राजनीतिमा आएकी सफल नेतृ हुन् ।

२०६४ सालको संविधान सभाको समयमा प्राकृतिक स्रोत साधन समितिको सभापति रहेकी चौधरीले भूमिहीनका पक्षमा केही नीतिगत निर्णय गराएकी थिइन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : ५० बजे