तालमेलको पक्षमा संयुक्त वक्तव्य जारी गर्दै गठबन्धन

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने भएका छन् ।

गठबन्धनको आज बसेको बैठकले तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो । 

चुनावी तालमेलको सैद्धान्तिक निर्णय गरेपनि कतिपय जिल्लाहरूमा गठबन्धनमा रहेका दलहरुबीच सहमति नजुटेपछि केन्द्रका शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्न लागेको हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : ३८ बजे