‘एउटै नाउरको सिकार गर्न २३ लाख’

च्याउ खेतीप्रति मुगुका महिलाकाे आकर्षण

मुगु /  मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित भएका छन् ।  परम्परागत रूपमा गरिएका कृषिले जीविकोपार्जन गर्नै मुस्किल हुन थालेपछि मुगुका  धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । 

छायाँनाथ रारा नगरपालिका–६ का महिलाहरूले समूह नै बनाएर च्याउ खेती सुुरु गरेका छन् । नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने अपेक्षा समूहमा आबद्ध महिलाले गरेका छन् ।  

च्याउ खेती सुरु गरेपश्चात आधारभूत आवश्यकता टार्नेदेखि  अतिरिक्त आम्दानी हुने उनीहरू आशावादी छन् । उनीहरूले च्याउ खेतीसँगै परम्पराग बालीलाई पनि निरन्तरता दिँदै आएको धनलक्ष्मी भामले बताइन् ।   

मुगुमो च्याउको प्रतिकिलो पाँच सय रुपैयाँका किनबेच हुने गरेको छ । मुगुको हावापानी च्याउका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् । 
प्राविधिक दृष्टिले मुगुमा च्याउ खेती गर्न फागुनदेखि भदौसम्मको समय ठिक हुने उनीहरूको भनाइ छ ।  

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १२ : ३१ बजे