कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुदूरपश्चिम । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकी डाँडा सडक खण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनाबाट घाइते भएका से४प ४७३० नंको मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र पार्की र सुदूरपश्चिम प्रदेश०२–००४प १११ नंको मोटरसाइकल चालक कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका ३२ वर्षीय पुरनकुमार मडैको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताउनुभयो । 

दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनाबाट मोटरसाइकलको पछाडि सवार रहेका कृष्णपुर नगरपालिकाका दीपक भट्ट र शुक्लाफाँटा नगरपालिकाका महेश पार्की पनि घाइते हुनुभएको छ । सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उहाँहरूको अवस्था समान्य छ । रासस

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १० : ५३ बजे