दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बाजुरामा वैशाख ४ गतेबाट टाइफाइड विरुद्धको खोप लगाइने

बाजुरा । बाजुरामा वैशाख ४ गतेदेखि ८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । 

देशभर आजदेखि  वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालनमा आए पनि बाजुरामा ढिलो गरी अभियान सुरु हुने भएको हो । 

स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दायकृष्ण पन्तका अनुसार खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोप केन्द्रको तयारी भइसकेको छ ।

बाजुरामा १५ महिनादेखि १५ वर्ष सम्मका ५९ हजार ३८ जना बालबालिकालाई खोप लगाउने तयारी भएको छ ।  नेपालमा पहिलो पटक बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागिएको हो । 

खोप केन्द्र स्वास्थ्य संस्था र विद्यालयमा राखिने भएको छ । जिल्लाका ३ सय ४८ ठाउँमा रहेका खोप केन्द्रमा ३ सय ४८ स्वास्थ्यकर्मी र ६ सय ७६ स्वयंसेवक परिचालन हुने जनाइएको छ ।

 

 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १० : ४४ बजे